बीबीएल : सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं, १९ पुस । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् ।

सन्दीपकोे उत्कृष्ट बलिङले शनिबार भएको खेलमा मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई आठ विकेटले पराजित गरेको हो ।

मेलबर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो।

रेनेगेड्सका लागि शौन मार्शले सर्वाधिक ४३ रन बनाए। यस्तै बेउ वेब्स्टरले २९ तथा कप्तान आरोन फिन्चले २५ रन बनाए।

बलिङतर्फ मेलबर्न स्टारका तर्फबाट सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। मेलबर्नका लागि सन्दीपले एकै ओभरमा दुईविकेट लिन सफल भएका थिए ।

सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र पाँचौं बलमा विकेट लिएका हुन् । उनले तेस्रो बलमा शौन मार्शलाई ४३ रनमा आउट गरे । यस्तै पाँचौं बलमा क्रिस्तियनलाई शून्य रनमा आउट गरे ।

त्यस्तै १७ ओभरको अन्तिम बलमा सन्दीपले तेस्रो विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चेर तीन विकेट लिए । यस्तै अदाम जाम्पा र डेल स्टेनले दुई/दुई विकेट लिए।

१ सय ४३ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ थालेको मेलबर्न स्टार्सले १८ ओभर पाँच बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। स्टार्सका लागि मार्कुस स्टोनीसले अविजित ६८ रन जोडे। यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए। रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १/१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here