काठमाडौं, २० पुस । नेपाल आर्थिक संघमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार राजधानीमा सम्पन्न संघको २९औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
सघंको अध्यक्षमा वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा डा. भवानी ढुंगाना , उपाध्यक्ष प्रा. डा. गोविन्द नेपाल, महासचिव गोपाल प्रसाद तिवारी, सचिव डा. खोमराज खरेल सचिव र कोषाध्यक्षमा प्रा. डा. शान्ता सिंह निर्वाचित भएका छन् ।
अन्य कार्यसमिति सदस्यहरुमा प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, केशव प्रसाद आचार्य, डा पोष राज पाण्डे, प्रा.डा शिव राज अधिकारी, प्रा.डा. माधव प्रसाद दाहाल, डा मणिकुमार नेपाल, डा. यादव मणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ रहेका छन् । साथै संघमा त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।
नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन ‘नेपाल आर्थिक संघ नेपाल’ आर्थिक क्षेत्रका विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्न हुँदै आएको छ ।
संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नव निर्वाचित महासचिव गोपाल तिवारीले बताए ।
संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा समय समयमा स्वतन्त्ररुपले परामर्श दिँदै आएको संघले जनाएको छ ।
वार्षिक भेलालाई सम्बोधन गर्दैसंघका नवनिर्वाति अध्यक्ष एवं श्रीलंकाका लागि नेपालका पूर्वराजदुत प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने बनाउने विश्वास व्यक्त गरे ।