धुवाँले सास फेर्न कठिन, खरानी भए ५० करोड जनावर

काठमाडौं, २० पुस । डढेलोका कारण अति प्रभावित भएको अस्ट्रेलियामा धुवाँले सास फेर्न कठिन पारेको छ ।

आगोबाट निस्केको धुवाँले मानिसहरु विरामी पर्न थालेका छन् । न्यू साउथ वेल्समा १२८ कि.मी. प्रति घण्टा बहेको हावाका कारण ठूलो डढेलो लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत सेप्टेम्बरबाट हालसम्म २३ जना व्यक्तिको आगोको कारण मृत्यु भएको जनाइएको छ । आगोको कारण १२०० घरधुरी नष्ट हुनुका साथै हजारौं विगाहा जमीन ध्वस्त भएको छ ।

सार्वजनिक समाचार अनुसार ५० करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले सार्वजनिक गरेको रिपोर्टमा ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको उल्लेख छ ।

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन् । दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलो निभाउनका लागि चर्को हावाहुरीले अवरोध गरेको छ ।


उनका अनुसार यस क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए । गत नोभेम्बरमा झाडीबाट सुरु भएको आगलागीले विनाशकारी डढेलोको रुप लिएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here