सुनको मूल्यमा अर्को रेकर्ड, प्रतितोला ७६ हजार पुग्यो

काठमाडौं, २१ पुस । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सोमवार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेसंगै सुनको मूल्य हालसम्मकै महङ्गो भएको हो ।

आइतवार प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्यमा सोमवार प्रतितोला पाँच सय रुपैयाँ बढ्दै ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ ।

आइतवार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँ बढेको छ ।

आइतवार प्रतितोला ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार २० रुपैयाँ बढ्दै प्रतितोला ९२० रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here