फोटो प्रतियोगिताको आवेदन खुला, आफूले खिचेको फोटो मात्रै समावेश गर्न आग्रह

काठमाडौं, २१ पुस । ‘नेपाल फोटो प्रतियोगिता २०७६’ को लागि आवेदन खुला गरिएको छ । यो प्रतियोगिताको सातौँ संस्करण हो ।

प्रतियोगितामा आफूले खिचेको फोटोलाई मात्रै प्रतियोगितामा समावेश गर्नको लागि फोटो जर्नालिस्ट क्लब, नेपालले आग्रह गरेको छ ।

ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता शुरु भएको घोषणा गरेका थिए ।

प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने साथै व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here