अजोड इन्स्योरेन्सको आधारभूत निर्जीवन बीमा तालिम

काठमाडौं, २२ पुस । अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौती देखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश गरेका थिए ।

प्रदेश नं. २ र ३ लाई समेट्ने गरि टि. सी. एन मार्ग, हेटौंडामा आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम भएको थियो । तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here