काठमाडौं, २२ पुस । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन वरियताको १४ औँ स्थानमा उक्लीएका छन् ।
विश्व ब्याडमिन्टन महासङ्घले मंगलवार सार्वजनिक गरेको तालिका अनुसार प्रिन्स १४ औं स्थानमा परेका हुन् ।
वरियता अनुसार प्रिन्सले जुनियरतर्फको विश्व वरियतामा १८ स्थान सुधार गरेका हुन् । यसअघि ३२ औं स्थानमा रहेका प्रिन्सले १८ स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लीएका हुन् ।
गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेका प्रिन्स पछिल्लो समय लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका छन् । उक्त उपाधीको कारण उनी वरियताको १४ औँ स्थानमा उक्लीएका हुन् ।
फ्रान्सका क्रिस्टो पोपोभ विश्व ब्याडमिन्टन जुनियरतर्फको वरियतामा शिर्ष स्थानमा रहेका छन् ।