शेयर बजारः १ अर्ब १० करोडको कारोबार, माछापुच्छ्रेको मात्रै साढे १९ करोड

काठमाडौं, २२ पुस । शेयर बजारको बढ्ने क्रम मंगलवार पनि जारी नै रह्यो । मंगलवार नेप्से परिसूचक १६.२३ प्रतिशत बढेर १ हजार २ सय १६.९२ अंकमा पुगेको छ । यो संख्या सोमवारको तुलनामा १.३५ प्रतिशत बढी हो ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ४.१३ प्रतिशतले बढेर २ सय ६४.८१ अंकमा पुगेको छ ।

मंगलवार होटल र उत्पादन तथा प्रशोधन समुह बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको सूचक बढ्यो । निर्जीवनको सूचक १.८९ प्रतिशत बढ्यो ।

त्यस्तै, लघुवित्त समुहको १.८७ प्रतिशत, जलविद्युत समुहको १.८६ प्रतिशत, बैकिङ्ग समुहको १.७६ प्रतिशत, विकास बैंकको १.६१ प्रतिशत बढ्यो भने अन्य समुहको पनि बढ्यो ।

मंगलवार कारोबारमा भने उत्साहजनक रुपमा वृद्धि भएको छ । १ सय ७९ कम्पनीको ३८ लाख ८० हजार ९ सय ५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै सिभील लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सिभीलको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, ओमी लघुवित्त वित्तीय संस्थाको ९.९७ प्रतिशत, सेन्ट्रल फाइनान्स कम्पनीको ९.७६ प्रतिशत बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा बोटल्स नेपाल कम्पनीका शेयर धनी छन् । बोटल्स नेपालको शेयर मूल्य ३.९३ प्रतिशत घट्यो । त्यस्तै, नेपाल फाइनान्सको ३.७० प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार माछापुच्छ्रे बैंकले गर्यो । बैंकले १९ करोड ४९ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here