उडिरहेको विमानको पाङ्ग्रा नै निस्किएपछि… (भिडियो सहित)

काठमाडौं । उडिरहेको विमानको अचानक एउटा पाङ्ग्रो बाहिर निस्किएको छ ।

क्यानडाको मान्ट्रियल ट्रुडो हवाई अड्डाबाट एयर क्यानडा एक्सप्रेसको एउटा विमान उड्ने तयारी गर्दै गर्दा त्यसको पाङ्ग्रा निस्किएपछि हो ।

एयर क्यानडा एक्सप्रेसको फ्लाइट ८८४ उड्न तयार हुँदै थियो ठिक त्यही समयमा ल्याण्डिङ गियरको एउटा व्हील विमानबाट अलग भयो ।

यो घटनाको बारेमा तुरुन्त पाइलटलाई जानकारी दिइयो र विमानलाई सुरक्षित स्थानमा राखियो । जसमा ४९ जना यात्रुहरु सावार थिए ।

@caf_tom नाम गरेका व्यक्तिले यो घटनालाई सामाजिक सञ्जाल ट्वीटरमा राखेका थिए । उक्त विमान पाइलटले तत्कालै सुरक्षित ल्यान्डिङ गराए । विमानका पाइलट एकदमै अनुभवि थिए ।

त्यसैले पनि उनले विमानको स्थिति नियन्त्रण गर्न सक्षम भए । र विमानलाई दुर्घटनाबाट जोगाए । उक्त समय पाइलटले फलाइटको अपडेट गराउँदै संकट स्थितिको जानकारी गराएका थिए ।

ल्यान्डिङ गराउँदा विमान दुर्घटनामा नपारोस भनेर एयरपोर्टमा दमकल तैनाथ गरिएको थियो । एविएशन विभाग अहिले उक्त विमानमा आएको त्रुटिबारे अनुसन्धान गरिरहेको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here