नायब सुब्बा पदका लागि दरखास्त आह्वान

काठमाडौं, २३ पुस । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरको पदमा विज्ञापन आह्वान गरेको छ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।

दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ।

लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ। दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here