१८० जना यात्रु सवार विमान दुर्घटनाग्रस्त

काठमाडौं, २३ पुस । इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ। युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

प्रारम्भिक विवरणहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बताइएको छ।

विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here