शेयर बजारमा सुधार, साढे ८३ करोडको कारोबार

काठमाडौं, २४ पुस । बुधवार ओरालो लागेको शेयर बजारमा विहिवार सुधार देखिएको छ । विहिवार नेप्से परिसूचक ३.५१ अंकले बढेर १ हजार २ सय १३.११ अंकमा पुगेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखियो । विहिवार सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर २ सय ६४.२२६ अंकमा पुगेको छ ।

विहिवार बैकिङ्ग, होटल, जलविद्युत फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य र सामुहिक लगानी कोष समुहको सूचक घट्यो भने ट्रेडिङ, विकास बैंक, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक ३.४९ प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बिमा समुहको सूचक २.०७ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै सामुहिक लगानी कोष समुहको सूचक घट्यो । सामुहिक लगानी कोषको सूचक ०.७० प्रतिशत घट्यो ।

विहिवार कारोबारमा पनि केही सुधार देखियो । १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ७० लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय स.स्थाका शेयर धनीले कमाए । स्वाभिमानको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, सर्पोट लघुवित्तको ९.९८ प्रतिशत, समता लघुवित्तको ९.९० प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स फाइनान्सका शेयर धनी छन् । रिलायन्सको शेयर मूल्य ५.७३ प्रतिशत घट्यो । त्यस्तै, राष्ट्रिय बिमा कम्पनीको ४.८७ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिभील बैंक रहेको छ । बैंकले २० करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here