महानगरले उठाउन सकेन भाटभटेनीसँग कर, करोड भन्दा धेरै तिर्न बाँकी

फाइलफोटो

काठमाडौ, २४ पुस । काठमाडौं महानगरपालिकाले देशकै सबैभन्दा ठूलो सुपर मार्केट भाटभटेनीसँग सम्पत्ति कर उठाउन सकेको छैन् ।

विगत तीन वर्षदेखि महानगरलाई कर नतिरेको भाटभटेनीलाई पटक–पटक ताकेता गर्दा पनि सम्पत्ति कर बापतको रकम बुझाउन नआएको महानगरपालिकाका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले बताए ।

काठमाडौंमा सञ्चालित आठ भाटभटेनीहरुले मात्रै १ करोड भन्दा धेरै सम्पत्ति कर महानगरलाई तिर्न बाँकी छ ।

तिर्छु भन्छन् तिर्दैनन्

न्यौपानेका अनुसार सबै भाटभटेनिले हरेक पटक कर तिर्छु भन्ने गरेको छ । तर, तिर्न भने तिदैनन् । ‘हामीले धेरै पटक उहाँहरुलाई खबर गरिसक्यौं हरेक पटक तिर्छौ, भन्नुहुन्छ तर तिर्नुभने हुँदैन् न्यौपानेले भने ।

धेरैपटक हाम्रो नाम कर नतिर्ने कम्पनीको रुपमा बाहिर नल्याईदिनुहोस् भन्ने गरेको कुरा पनि गर्ने गरेका न्यौपानेले बताए । ‘हामीलाई उहाँहरुले धेरैपटक हाम्रो नाम कर नतिर्ने संस्थाको रुपमा बाहिर नल्याई दिनुस् हामी कर तिर्छौ भन्नुभयो’, ‘हामीले मान्यौं पनि तर तीनवर्ष भयो खै त तिरेको हामी बाध्य भएर बाहिर ल्याउन पर्यो ।’

कर कर्तव्य सम्झरे तिर्नुपर्छ

हरेक मानिस जसले राज्य सेवा सुविधा उपभोग गरेको हुन्छ त्यो व्यक्तिले कर कर्तव्य सम्झेर दिनुपर्ने कुरा उनी बताउँछन् । ‘आफ्नो अधिकार खोज्ने र मानिस वा संस्थाले त कर्तव्य सोचेर पनि कर दिनु पर्यो नि’ उनले भने, ‘नेपालमा यो परिपाटी अलि कम छ जबसम्म व्यक्ति र संस्थामा यो परिपाटीको विकास हुँदैन् त्यो समयसम्म अर्थतन्त्रमा सुधारको अपेक्षा गर्नु बेकार नै हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here