तनहुँमा बस दुर्घटना: दुईको मृत्यु,१७ घाइते

दमौली, २५ पुस । तनहुँको घिरिङ गाउँपालिका–३ बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्।

शुक्रबार बिहान पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । थापाको घटनास्थलमै मुत्यु भएको हो ।

यसैगरी घटनामा गम्भीर घाइते रहेकी घिरिङ- ३ कि ४२ वर्षीया नानिमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here