प्रदेश ३ को नाम र राजधानी टुंगो

काठमाडौं, २५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रदेश ३ को स्थायी राजधानी र नामकरणको विषयमा सहमति जुटेको छ ।

नेकपा प्रदेश ३ संसदीय दलको पटक पटक गरी पाँच दिनसम्म चलेको बैठकपश्चात् शुक्रबार सहमति जुटाएको हो । सहमति अनुसार प्रदेशको राजधानी हेटौडा र नाम वाग्मती राख्ने पार्टी सचिवालयको निर्देशनलाई नै कायम राख्ने निर्णय गरेको हो ।

राजधानी र नामका विषयमा चर्को बहस चलेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले शाक्यसहितको टोलीलाई बालुवाटार बोलाएर केन्द्रको निर्णयमा एकमत जुटाउन निर्देशन दिएका थिए।

नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विशेष गरी विवाद सिर्जना भएको थियो । प्रदेशसभामा नेकपाको ८० मत रहेका छ । ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here