पाटाकोे स्टुडेन्ट च्याप्टरमा नयाँ कार्यसमिति

पाटा नेपाल स्टुडेन्ट च्याप्टरले पब्लिक यूथ क्याम्पसमा बीटीटीएम अध्ययनरत छात्र सुरेन्द्र न्यौपाने को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

यही चैत्र १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । यस अघि स्टुडेन्ट च्याप्टरको अध्यक्ष नाथम कलेजका विद्यार्थी बिनोद खड्का थिए ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर अन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको एक साझा मञ्च हो ।

यसले विद्यार्थीहरूलाई पर्यटन क्षेत्र सँगको सम्बन्ध विस्तार, ज्ञान, शिप तथा दक्षता अभिवृद्धि र पर्यटन क्षेत्रमा युवा पर्यटन पुस्ताको करियर निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ।

स्टुडेन्ट च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष सुरेन्द्र न्यौपाने, प्रथम उपाध्यक्ष पुकार भण्डारी, द्वितिय उपाध्यक्ष जुबी छुस्याबागा, सचिव जिग्मे लामा, सहसचिव श्रद्धा के सी, कोषाध्यक्ष सृष्टी श्रेष्ठ, सहकोषाध्यक्ष सनिश लाल श्रेष्ठ रहेका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरुमा रिजा ब्यन्जनकार, निक्सल राई, मनिस बज्रचार्य, सबिता छेत्री, रूपक दुलाल, सम्झना ढकाल, प्राञ्जल भट्टराई, सोनिया तिवारी, बिना लामिछाने चयन भएका छन् ।

पाटा नेपाल स्टुडेन्ट च्याप्टरको नया कार्यसमिति सदस्यहरूलाई पाटा नेपालका अध्यक्ष सुनिल शाक्य लगायतका पदाधिकारीले स्वागत तथा बधाई ज्ञापन गरे ।