कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौं, २७ पुस । सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ ।

आइतबार सम्पन्न बैंकको १३ औं वार्षिक साधारणसभाले सञ्चलाक समितिको प्रस्तावित लाभांश पारित गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट बैंकले ६ प्रतिशत शेयर लाभांश र २४ प्रतिशत नगद लाभांश दिने बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले घोषणा गरेको थियो ।

उक्त घोषणा सभाले पारित गरेसँगै आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्नेछ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ प्रतिशत बोनस र १५.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here