पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाईप र फिटिङ्गस्

काठमाडौं, २७ पुस । पञ्चकन्या ग्रुपले नेपालमै पहिलो पटक सीपीभीसीको नयाँ ग्रेडको फे्लेम प्रो पाईप तथा फिटिङ्गस् नेपाल भित्र्याएको छ ।

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको पञ्चकन्याले ग्रुपले एक कार्यक्रम गरि उक्त ग्रेड पाईपको आधिकारिक अनावरण गरेको हो ।

आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरु भएको उक्त पाईप वातावरण अनुकुल, तुलनात्मक रुपले किफायती र सस्तो हुने कम्पनीले जनाएको छ ।

यो उत्पादनलाई फायर स्प्रिङ्क्लरको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी ट्रान्सप्यारेन्ट फिटिङ तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ बिकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकिसुइ कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्यान्डर्डबाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ ।

पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्समा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आइएसआई चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ ।

पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधै एक कदम अगाडी” भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here