हाइड्रोपावरमा स्थानीय आकर्षित

काठमाडौं, २७ पुस । पछिल्लो समय जलविद्युतको क्षेत्रमा लगानी बढ्न थालेको छ । स्थानीय लगानीमा पनि अबौं लगानीका जलविद्युत आयोजनाहरु दर्ता हुन् थालेका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार गएको ६ महिनामा अबौं लगानी १६ भन्दा बढी जलविद्युत आयोजनाहरु दर्ता भएका छन् । जसमा पूर्ण रुपमा स्थानीय जनताको नै लगानी छ ।

५ अर्ब ८० करोडको अपर बलेफी हाइड्रोपावर

पछिल्लो ६ महिनाको अवधीमा सबैभन्दा ठूलो लगानीमा दर्ता भएको हाइड्रोपावर कम्पनी अपर बलेफी हाइड्रोपावर हो । जसको कुल लगानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको उद्योग विभागको तथ्यांकले जनाएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा स्थापना हुनेगरी दर्ता भएको यो जलविद्युत कम्पनीको उत्पादन क्षमता ४६ मेगावाट रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here