नेपाली बजारमा मेभोक्स हेलमेट, चारथरी मोडलमा उपलब्ध

काठमाडौं, १९ चैत । सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा मेभोक्स हेलमेटको बिक्रिवितरण सुरु गरेको छ ।

भारतीय कम्पनी सन्धार एमकिन इन्डष्ट्रिजले केही समयअघि मात्रै भारतीय बजारमा मेभोक्स हेलमेट ल्याएको थियो । मेभोक्स हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ ।

यो हेलमेटको मूल्य नेपालमा २ हजार ४ सय रुपैयाँ देखि ४ हजार ८ सय रुपैयाँ सम्म पर्नेछ । हाललाई फुल फेस र ओपन फेस गरी दुई किसिमका हेलमेटका चारवटा मोडल नेपाली बजारमा उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

हेलमेटमा बर्षातको मौसमलाई ध्यानमा राखी वाटर टाइट इन्टरफेस भाइजर समेत प्रयोग गरिएको छ ।

हेलमेटलाई सुरक्षित र मजबुत र बनाउनका विशेष खालको कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको कम्पनीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here