सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ पुस । सोमवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

आइतवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार २०० रुपैयाँ घट्दै प्रतितोला ७४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घट्यो ।

आइतवार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार २०० रुपैयाँ घट्दै प्रतितोला ७४ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

सोमवार चाँदीको मूल्य भने यथावत नै रह्यो ।

सोमवार चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here