कालीमाटी ‘तरुलमय’, माघे संक्रान्ति लक्षित १२ सय टन तरुल भित्रियो

काठमाडौं, २८ पुस । कालिमाटी फलफूल तथा तरकारी बजार लगायत देशको विभिन्न ठाँउमा माघे संक्रान्तिको चहलपहलले तरुलको व्यापार बढ्न थालेको छ ।

माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौंमा यसपटक १२ सय ६ टन तरुल भित्रिएको छ । यो परिमाण गत वर्षको भन्दा ३ सय टन बढि हो ।

कालिमाटी तरकारी बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुत तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।

१२ सय ६ टन तरुल भित्रीयो

माघे संक्रान्ति नजिकिदैँ गर्दै बजारमा तरुलको माग पनि बढ्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक तथा सूचना अधिकृत विनय श्रेष्ठका अनुसार हालसम्म १ हजार २ सय ६ टन तरुल कालिमाटी भित्रिएको छ ।

‘तरुल धेरै आउने भनेको पुस महिनामा नै हो, यो वर्ष माघे संक्रान्ति लक्षित तरुल १२०६ टन कालिमाटी भित्रि सकेको छ’ उनले भने, ‘आज र भोलिको दिन पनि बाँकी नै छ, त्यसकारण लगभग १३ सय टन तरुल माघे संक्रान्ति लक्षित भएर भित्रने अनुमान गरिएको छ ।’

यो संख्या अघिल्लो वर्षको तुलनामा ३०० टन भन्दा बढी हो । अघिल्लो वर्षको यही समयमा ९ सय ८२ टन तरुल भित्रीएको उप निर्देशक श्रेष्ठ बताए ।

‘अघिल्लो वर्ष ९ सय ८२ टन मात्रै तरुल आएको यो वर्ष १२ सय ६ टन आइसक्यो १३ सय टन आउने अनुमान गरिएको छ’ उनले भने, ‘बजारको माग बढेको कारण त धेरै तरुल आउने हो नी, यो वर्ष बजारको माग झण्डै ३०० टन बढेको देखिन्छ ।’

सर्लाहीबाट मात्रै आयो ५ सय ४ टन तरुल

उप निर्देशक श्रेष्ठका अनुसार यो माघे संक्रान्तिमा हालसम्म सबैभन्दा धेरै तरुल सर्लाही जिल्लाबाट आएको छ । यो समयमा सर्लाहीबाट मात्रै ५ सय ४ टन तरुल भित्रिसकेको श्रेष्ठले बताए ।

‘हालसम्म सबैभन्दा धेरै तरुल सर्लाही जिल्लाबाट आएको छ’ उनले भने, ‘यो माघे संक्रान्तिको लागि हालसम्म सर्लाहीबाट ५०४ टन लरुल आईसकेको छ, अबको २ दिनमा यो संख्या अझै बढ्न सक्ने बताईएको छ ।’

यसका साथै, घादिङ्गबाट १३५ टन, सुनसरीबाट १२१ टन र नवलपरासीबाट १०२ टन तरुल आएको छ भने अन्य जिल्लाहरुबाट पनि राम्रै परिमाणमा तरुल भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here