समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक

काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन् ।

समृद्धि फाउण्डेशन र मेनोनाइट आर्थिक विकास एसोसिएट्स (मेडा) द्वारा सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि विकासका माध्यमः मिश्रित अर्थव्यवस्था र लैंगिकमैत्री लगानी’ विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएका साना तथा घरेलु उद्योगहरुको प्रवद्र्घनका लागि यस्ता उद्योगहरुको उत्पादन लागत घटाउन प्रविधि सहयोग आवश्यक रहेको बताएका हुन् ।

मुलुकमा सञ्चालित साना तथा मझौला उद्योगहरुले उत्पादक र उद्यमी नागरिक निर्माणका लागि पूर्वाधार विकासमा सघाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले बेरोजगारी समस्या समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै साना उद्योग भएको बताए ।

स्थानीय कच्चा पदार्थमा आधारित साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लागिरहेको बताए ।

साना, घरेलु तथा मझौला उद्योगहरुमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिंद उनले भने – ‘अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा लगानी भएको अवस्था छ, उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पुर्‍याउँनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here