मोवाइल छिटो चार्ज गर्ने तरिका

काठमाडौं । मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्ज गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ।

मोवाइल फोनको ब्याट्री चार्ज गरिरहेको मानिसले जब ब्याट्री १०० प्रतिशत चार्ज भएको देख्छ उ खुसी हुन्छ तर चार्जमा भएको मोवाइलको ब्याट्री ५० प्रतिशतमात्र चार्ज भएको रहेछ भने उ निरास हुन्छ ।

फोनको ब्याट्रीले मानिसको मुड परिवर्तन गरेको छ । स्मार्ट फोनको ब्याट्री ६ महिनापछि विग्रन सुरु हुन्छ । फुल चार्ज गर्दापनि चार्ज दिनभरी टिक्दैन् ।

यतिमात्रै होइन् १ वर्ष पुग्दा नपुग्दै ब्याट्री सम्बन्धी समस्या झनै बढ्दै जान्छ । यसको पछाडी विभिन्न प्रकारका कारणहरु हुन्छन् जसलाई हामी त्यति ध्यान दिदैनौँ ।

मोवाइलको चार्ज चाइराख्नको लागि विभिन्न प्रकारका कार्यहरु गर्न सकिन्छ ।

धेरै चार्ज गर्नु

मोवाइल पटक पटक चार्ज गर्दा पनि मोवाइलको ब्याट्री धेरै समयसम्म नटिक्ने समस्या हुन्छ । धेरैजसो मानिसको बानी मोवाइलको चार्ज ४० देखि ५० प्रतिशत हुँदा नै चार्जमा राख्ने हुन्छ ।

तर, यो बानी राम्रो होइन जब मोवाइलको चार्ज २० प्रतिशत वा त्यो भन्दा तल हुन्छ तब मात्रै मोवाइल चार्जमा राख्नुपर्छ । र मोवाइललाई १०० प्रतिशत नै चार्ज गर्नुहुँदैन् ९० प्रतिशत भएपछि निकाल्नुपर्छ यसो गर्दा ब्याट्रीको आयु बढ्छ ।

एप्सहरु खुला राख्नु

कतिपय अवस्थामा हामी मोवाइलको धेरै प्रकारका एप्सहरु खुला राखेर नै छाड्ने गर्छौ, यस्तो गर्दा मोवाइलको ब्याट्री छिटो सकिन्छ । यदी ब्याट्रीको आयु बढाउन छ भने खुला गरेको एप्सहरु बन्द गरेर मात्रै छोड्नुपर्छ ।

भाइब्रेट मोडमा राख्नु

जो मानिसहरु आफ्नो फोन भाइब्रेट मोडमा राख्छन् उनीहरुको मोवाइलको चार्ज छिटो सकिन्छ । यतिमात्रै होइन् ब्याट्रीको साथसाथै शरीरमा पनि हानी गर्छ ।

मोवाइलको कुनै एप्स वा नम्बर थिच्दा आवाज आउने गर्छ भने त्यसलाई पनि बन्द गर्नुपर्छ, यसले पनि मोवाइलको ब्याट्री छिटो सकिन्छ ।

नक्कली चार्जर

हरेक पटक मोवाइल चार्ज गर्दा एउटै मात्रै चार्जर प्रयोग गरेमा मोवाइलको ब्याट्री लामो समयसम्म टिक्छ । अन्य मानिसको चार्जर वा नक्कली चार्जरले चार्ज गर्दा ब्याट्री खराब हुने सम्भावना धेरै हुन्छ ।

सधै डेटा अन गर्नु

सधैं मोवाइलको डेटा वा वाइफाई अन गरेर राख्दा पनि व्यट्रिको आयु कम हुन्छ । यसकारण काम परेको वा आवश्यक भएको समयमा डेटा अन गर्ने र आवश्यक नपरेको अवस्थामा बन्द गर्दा ब्याट्री लामो समयसम्म टिक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here