कनेक्ट आईपीएसको मासिक कारोबार १० अर्ब नाघ्यो

काठमाडौं, २ माघ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएको कनेक्ट आइपीएस ई–पेमेन्ट कारोबार १० अर्ब नाघेको छ । ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पुस महिनामा रु १२.०५ अर्ब भन्दा बढि पुगेको छ ।

एनसीएचएलको लागि गत बैशाखबाट प्रारम्भिक सञ्चालनमा आएदेखि पुसमा हाल सम्मको सबै भन्दा बढि कारोबार भएको हो । यस आर्थिक वर्षको पुस मसान्तसम्म कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्फत भएको ९कारोबार संख्या०६५०,१४२ रहेको छ जुन सेटलमेन्ट रकममा रु ४२.४८ अर्बबराबर रहेको छ ।

कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको बुझिएको छ । कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड-बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

उक्त प्ल्याटर्फममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफर लगायत अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल-कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले विद्युतीय चेक भुक्तानी अन्तरबैंक भुक्तानी प्रणाली र कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली सञ्चालन गर्दै आएको छ । ०७६-७७ को पुस मसान्त सम्ममा यी प्रणालीमार्फत् एनसीएचएलले कारोबार संख्या ८१ हजार २४९ को कुल सेटलमेन्ट रकम रु ४२.१७ बराबर राफसाफ गर्न सफल भएको छ, जुन गत आव सोही अवधिभन्दा क्रमशः ४४% र २६ % को वृद्धि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here