नारायणगढ-मुग्लिन सडकखण्डमा पहिराे, सडक एकतर्फी सञ्चालनमा

चितवन, ३ माघ । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

बिहीबारदेखि परेको वर्षातले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा शुक्रवार बिहान पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।

वर्षातले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here