विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापा मगरको निधन

काठमाडौं, ३ माघ । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।

खगेन्द्रले विश्व कीर्तिमानी राखेको आठ महिना मात्रै रहेको थियो । उनको रेकर्ड जुनरी वालाविङले तोडेका थिए । जुनरी कीर्तिमानीलाई पनि नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । उनको पनि निधन भएपछि होचा व्यक्तिको नाममा जुनरी वालाविङको नाम रहेको छ ।

यसअघि २०७४ कार्तिक ३० गते खगेन्द्र थापामगरकै अनुहार र कदकाठी भएका हास्य कलाकार दिपेन शाहकाे १९ वर्षकाे उमेरमा निधन भएकाे थियाे भने विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड्समा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको २०७२ साल भदाैमा अमेरिका भ्रमणका क्रममा अमेरिकामै निधन भएको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here