एमसीसी देश हितमा छ : अध्यक्ष थापा

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा अन्तर्गत आर्थिक सहयोग लिइ देशको पूर्वाधार विकास गर्नुपर्ने बताएका छन्।

‘एमसिसी सम्झौता देशको हितमा छैन भन्नु गलत बुझाइको उपज हो,’ उनले भने।

राप्रपा निकट ट्रेड युनियनद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष थापाले बाग्मती प्रदेश सरकारले सुरुङमार्गको निर्माण प्रक्रिया अगाडि बढाउन सुझावसमेत दिए। रासस