स्प्रीङ सिजनमा हिमाल चढ्न १७७ जनालाई अनुमति

सगरमाथामा मात्रै ८ टोलीका ७३ आरोही

काठमाडौं, २० चैत । आगामी बैशाख/जेठ (स्प्रीङ सिजन)का लागि सरकारले हिमाल आरोहण अनुमति दिन थालेको छ ।

पर्यटन विभागका अनुसार अहिलेसम्म १२ हिमाल आरोहणको अनुमति माग्दै पर्यटक आएका छन् । त्यसमध्ये सर्वाधिक आकर्षण सर्वोच्च टाकुरा सगरमाथातर्फ नै रहेको छ ।

विभागको पछिल्लो तथ्यांकअनुसार सगरमाथाका लागि ८ टोलीका ७३ सदस्यले आरोहण अनुमति लिइसकेका छन् ।

सगरमाथा आरोहणबाट सरकारले सर्वाधिक रोयल्टीसमेत प्राप्त गर्छ । यो हिमाल आरोहण गर्न यस मौसममा प्रति विदेशी आरोही ११ हजार डलर रोयल्टी तोकिएको छ । जुन करीब १२ लाख नेपाली रुपैयाँ बराबर हुन आँउछ ।

नेपाली आरोहीका लागि भने ७५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।

पर्यटन पिक विभागका अनुसार अहिलेसम्म १२ हिमाल चढ्न २३ टोलीका १ सय ७७ जना सदस्यले आरोहण अनुमति लिइसकेका छन् ।

सगरमाथा बाहेक आमादब्लम (६८१४मि.), थापा पिक (६०१२), अन्नपूर्ण प्रथम (८०९१), मकालु (८४६३), ल्होत्से (८५१६) लगायत हिमालमा पर्यटकको आकर्षण रहेको छ ।

बैशाखको अन्तिम साताबाट सगरमाथा लगायत हिमालमा आरोहण शुरु हुन्छ । त्यस अगाडी नै पर्यटक भने हिमाली वातावरणसँग अभ्यस्त हुन उकालो लाग्ने गर्छन् ।

नेपालमा पर्वतारोहण र पदयात्राको प्रयोजनमा खर्चालु पर्यटक भित्रने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here