माहाकालीको जामुनाघारीमा खोप केन्द्र भवन उद्घाटन

पप्पु गुरुङ्ग

दोधारा ५ माघ । माहाकाली जामुनाघारीमा खोप केन्द्र भवनको उद्घाटन गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ३ को जामुनाघारीमा बिधिवतरुपमा वडाको खोप केन्द्रको उद्घाटन गरिएको हो ।

माहाकाली नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले उक्त खोप केन्द्र भवनको रिवन काटेर उद्घाटन गरेका हुन् । वडामा खोप लगाएत बिभिन्न स्वास्थ्य कार्यक्रम संचालनमा सहजताको लागि गत आर्थिक वर्षमा माहाकाली नगरपालिका कार्यालयको सहयोगमा झण्डै रु. ४ लाख बराबरको रकममा जामुनाघारीमा खोप केन्द्रको भवन निमार्ण गरिएको हो ।

बिगतका दिनहरुमा बिभिन्न स्थानमा गएर खोप लगाएत बिभिन्न स्वास्थ्य कार्यक्रम संचालन गर्दै गर्दा समस्या देखिदै आएको थियो । स्थानियहरुको मा“ग अनुसार उक्त स्थानमा खोप केन्द्रको भवन निमार्ण गरि बिभिन्न स्वास्थ्य कार्यक्रम समेत संचालन गरिने बताईएको छ् ।

जामुनाघारीमा खोप केन्द्र संग बिभिन्न स्वास्थ्य कार्यक्रम संचालन हुने भएपछि स्थानिय खुसी छाएको छ । स्थानियलाई स्वास्थ्यको सहज पहुचमा ल्याउन जामुनाघारीमा खोप केन्द्रको भवन निमार्ण गरि कार्यक्रम अघि बढाईएको स्थानियबासी तथा महिला अधिकारकर्मी मथुरा पन्तले बताएका छन् ।

माहाकाली नगरपालिका वडा नं. ३ का महिला सदस्य राधा सुनारको सभापतित्वमा संचालन भएको खोप केन्द्र उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी रहेका थिए । यस्तै अतिथीमा स्थानिय तथा महिला अधिकारकर्मी मथुरा पन्त, स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, स्थानियहरको बाक्लो सहभागिता रहेको थियो ।

उद्धघाटन कार्यक्रममा जोशीले वडामा स्थानियको माग र आवश्यकता अनुसार बिकास निमार्णको कार्य भईरहेको बताएका छन् । वडा नं. ३ का दुर्गम बस्तीहरुमा सडक संजाल बिस्तार संग वडाका हरेका क्षेत्रमा बिद्युत बिस्तार भएको हुदा आफुहरु जनप्रतिनिधी भएर आएपछि वडाका बिकास गर्न सफल हुँदै आएको जोशीले बताए ।

माहाकाली नगरपालिका कार्यालयको कच्ची घर भएकाहरुलाई कम्तीमा कर्कट पाता समेत बनाउन सहयोग गर्ने भएको हुदा वडामा बसोबास गर्ने कच्ची घर भएकाहरुले समयमै वडा कार्यालयमा आएर आफ्नो बिबरण दिन समेत वडा अध्यक्ष जोशीले आग्रह गरेका छन् ।

बिगतमा दिनहरुमा नानीहरुलाई खोप लगाउन टाढा जानु पर्ने भएको हुदा स्थानियहरुको समस्यालाई मध्यनजर राख्दै जामुनाघारीमा खोप केन्द्रको भवन निमार्ण गरिएको उनले बताएका छन् ।

वडामा सबैले पाएक पर्ने स्थानमा खोप केन्द्रको भवन निमार्ण भएपछि स्थानियहरुले खुशी ब्यक्त गर्दै जनप्रतिनिधीहरुलाई धन्यबाद समेत दिएका थिए ।

स्थानियबासी तथा महिला अधिकारकर्मी मथुरा पन्तले संचालन गरेको खोप केन्द्र भवनको उद्धघाटन कार्यक्रमका स्वागत मन्तब्य स्वास्थ्यकर्मी मुन्नी साउदले गरेका थिए । उद्धघाटन संगै नानीहरुलाई खोप समेत लगाईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here