बेल्जियमकी राजकुमारी अस्त्रिद नेपालमा, यस्तो छ भ्रमण योजना

काठमाडौं, ५ माघ । बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद सात दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् ।

आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेकी अस्त्रिदलाई विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरे । उनी माघ ११ सम्म नेपालमै रहनेछिन्।

उनले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विशेष भेट गर्नेछिन्।

अस्त्रिदले कैलाली, नवलपरासी र चितवनको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै उनले नयाँ क्षयरोग भवनको उद्घाटन र यसबाट प्रभावितसँग भेट्ने बताइएको छ ।

राजकुमारी अस्त्रिदको भ्रमणले नेपाल र बेलिज्यमको सम्बन्धमा थप सुदृढ हुने विश्वास लिइएको छ । ५७ वर्षीया एस्त्रिद पूर्व बेल्जियम राजा अल्बर्ट दोस्रोकी छोरी हुन्। सन् १९९८ पछि बेल्जियमबाट हुन लागेको यो पहिलो शाही भ्रमण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here