उच्च बिन्दुमा सेयर बजार, २७ कम्पनीको सेयरमा सर्किट

काठमाडौं, ५ माघ । सेयर बजार एक वर्षयताकै अधिकतम बिन्दुमा उक्लिएको छ। बैंकिङ तरलता घट्दै गएपनि सेय बजारमा आइतबार करिव ३४ अंकले उछाल देखिएको हो ।

सेयर बजारमा दिनभरीमा २ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ। ५३ अर्बको तरलता २६ अर्बमा झरिसकेको छ र अभाबका कारण अल्पकालिन ब्याज बढ्न थालेको छ।

आईतबारको परिसूचक ३३.४३ अंकले बढेर १३४३. ६५ अंकमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा २. ५५ प्रतिशतले बढी हो ।

आइतबार कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

सो उपसमूह ७.९८ ले घट्दा बैंकिङ १७.९४, होटल ४९, विकास बैंक ६६.५३, जलविद्युत् ४५.४६, निर्जीवन बीमा ३३७.०२, उत्पादन ५९.९४, अन्य १२.३६, लघुवित्त ३२.०६, जीवन बीमा ४०३.२५ र सामूहिक लगानी कोष ०.५४ ले वृद्धि भएको छ ।

बीमा समूहमा कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिएपछि बजार नयाँ विन्दुमा पुगेको स्पष्ट देख्न सकिन्छ । लगानीकर्तामा बढेको सकारात्मक मनोविज्ञानले पनि बजारलाई सकारात्मक लयमा लैजान अभिप्रेरित गरेको हो ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ३०० को दरमा कारोवार हुँदा दिनभर रु १२ करोड १५ लाख ५९ हजार ८९५ बराबरको कारोवार भई शीर्षस्थानमा रह्यो ।

यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु आठ करोड ७९ लाख ६९ हजार ९३७, प्रभु बैंक रु आठ करोड १८ लाख ५२ हजार ५२९, एनसिसी बैंक रु ६ करोड ६७ लाख ७६ हजार ३६८, एनआइसी एशिया रु ६ करोड ३० लाख २३ हजार ३४३, नेपाल बैंक रु चार करोड ९३ लाख ६० हजार ९१७ र शिखर इन्सुरेन्स कम्पनी रु चार करोड ७२ लाख ६९ हजार ७३५ को कारोवार भई शीर्षस्थानमा रहे ।

लक्ष्मी इक्विटी फन्ड, हिमालयन जनरल इन्सुरेन्स कम्पनी, जानकी फाइनान्स प्राइम लाइफ इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्सका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सगरमाथा इन्सुरेन्स ९.९८, प्रिमियर इन्सुरेन्स ९.९८, प्रभु इन्सुरेन्स ९.९७ र प्रुडेन्सियल इन्सुरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.६९, कालिका पावर कम्पनी ५.०५, जोशी हाइड्रोपावर ४.४७, साल्ट टे«डिङ कर्पोरेशन ३.८८, विशाल बजार कम्पनी ३.८२ र श्री इन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले ३.४८ प्रतिशतले गुमाए ।

यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आजै पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here