फेरि भित्रिँदै नयाँ न्यून चापीय प्रणाली, कस्तोे रहन्छ आगामी तीनदिन ?

काठमाडौं, ६ माघ । न्यून चापीय प्रणाली बाहिरिएको एक दिन पनि नबित्दै फेरि त्यसैको अर्को नयाँ प्रणाली नेपाल प्रवेश गर्दै छ।

देशभर वर्षा र हिमपात गराउने न्यून चापीय प्रणालीको कारण सोमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम्भावना देखिएको छ ।

यतिबेला तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। जसले गर्दा बढेको चिसोका कारण तराईको जनजीवन कष्टकर बनेको महाशाखाले जनाएको छ ।

काठमाडौंसहित मध्य र पूर्वका केही ठाउँमा भने अहिले बिहान घाम लाग्ने तर दिउँसो १२ बजेपछि बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा उच्च हिमाली भेगमा हल्का हिमपात हुने तथा तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आज दिउँसो पश्चिमी, मध्य र पूर्वी भागमा बदली रहने तथा पश्चिम र मध्यका उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ६ गते (सोमबार)
दिउँसो : पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखी मध्यम हिमपातको सम्भावना छ।

राति : देशका पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

माघ ७ गते (मंगलबार)
दिउँसो : देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

राति : देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

माघ ८ गते (बुधबार)
दिउँसो : पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा हुस्सुरकुहिरो रहनेछ।बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ।

राति : पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here