नियमित कफी पिएमा मुटु हुन्छ बलियो

नेपाली समाजमा कफीको तुलनामा चिया धेरै लोकप्रिय छ । बिहानै प्राय सबैको घरमा चिया पाकेकै हुन्छ ।

घरमा कोही पाहुना आउदा होस् वा साथीभाईसँग कतै भेटघाट गर्नु पर्दा होस् सबैले पिउनको लागि चिया नै रोज्छन् ।

दिनमा कम्तीमा एकपटक चिया पिउने हाम्रो सँस्कृति नै बनेको छ । तर, हालसालै एक अध्ययनले भने चिया पिउने मानिसहरुको तुलनामा कफी पिउने मानिसहरुमा मुटु सम्बन्धी रोगहरु लाग्ने लाग्ने सम्भावना कम हुने तथ्य सार्वजनिक गरेको छ ।

हामीहरु मध्ये धेरैले टाउको दुखाइ कम गर्न, अल्छीपन टाढा गर्न र फ्रेस रहनको लागि कफी पिउने गर्छौं । कसैलाई भने कफी पिउने बानी नै लागेको हुन्छ वा कफीको पारखी हुन्छन् ।

नियमित कफी पिउने मानिसहरुमा मुटुजन्यको रोगहरु खतरा तुलनात्मक रुपमा कम हुने उक्त अध्ययनले बताएको छ ।

दैनिक एक वा दुई कप कफी पिउने मानिसहरुमा कफी नपिउने मानिसहरुको तुलनामा मुटुसँग जोडिएका समस्याहरुको कारणले मृत्यु हुने जोखिम २० प्रतिशत सम्म कम हुन्छ ।

त्यस्तै कफीले हर्टअट्याक पछि मुटुलाई मजबुत राख्ने काम गर्छ र नियमित रुपले कफी पिउनाले अर्कोपटक हर्टअट्याक हुने जोखिम पनि धेरै कम हुन्छ ।

तर, अध्ययनमा संलग्न शोधकर्ताहरुले कफीलाई नियन्त्रित मात्रामा पिउनु मात्रै लाभदायक हुने चेतावनी पनि दिएका छन् । कफीको अत्यधिक सेवनको कारण अनिन्द्रा लगायत अन्य समस्याहरु निम्तन सक्छन् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here