एनआरएन नमुना बस्तीको निमार्ण कार्य सकियो, हिउँ पग्लिएपछि हस्तान्तरण

काठमाडौं, ६ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा भूकम्प पिडितको लागि गोर्खाको लाप्राकमा निमार्णधिन एनआरएन नमुना बस्तीको निमार्ण कार्य सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघले सोमवार पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा आफ्नो दायित्वमा रहेको सम्पूर्ण काम सकिएको जनाएको हो ।

गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा सम्पन्न संघको ७१ औं बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले नेपालमा लगानी, काठमाडौंमा बन्दै गरेको सार्वजनिक शैचालय, लाप्राक परियोजना, नेपाल भ्रमण वर्ष २०२० लगायतका विषयमा जानकारी दिए ।

पन्तले संघको जिम्मेवारीमा रहेको लाप्राक परियोजनाको सम्पूर्ण काम सकिएको जानकारी दिए । उनले भने अहिले लाप्राक पूर्ण रुपले हिउँले छोपिएको छ हिउँ पग्ले पछि बाँकी रहेको काम गरेर हस्तान्तरण गछौं ।

गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघ महासचिव डा. हेम राज शर्मा जनाएको छ । संघले सम्मेलन मार्फत १४ बुँदे निर्णयहरु सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मुलुकबाट आएका संघका आइसीसी पदाधिकारी, आइसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जना सहभागी भएको संघले जनाएको छ ।

संघले काठमाडौ महानगरपालिकाबीच नमुना सार्वजनिक शौचालय निर्माण गर्ने सम्झौता भए अनुसार उक्त कार्य अघि बढाउन बैठकमा सहभागी सदस्यहरुबाट ४० लाख रुपैया सहयोग संकलन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here