नेप्सेमा २ अंकको झिनो वृद्धि, ५४ करोडको कारोबार

काठमाडौँ, २० चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०१ अंकले बढेर ११६५.८४ पुगेको छ ।

परिसूचकमा ०.१७ प्रतिशतको झिनो वृद्धि हुँदा बुधबार १७० कम्पनीका २० लाख चार हजार कित्ता शेयर किनबेच भए ।

मंगलबार ५० करोडका कारोबार भएकोमा बुधबार बढेर ५३ करोडको कारोबार भएको छ ।

बुधबार बैंकिङ र विकास बैंक समूहको सूचकमात्रै बढेका छन् भने अन्य आठवटै समूहको सूचक घटेका छन् । बैंकिङ समूहको सूचक ४.५३ अंकले र विकास बैंकको सूचक ६.११ अंकले बढेको छ ।

बुधबार सबैभन्दा धेरै एनआईसी एसिया बैंकको चार करोड सैंतीस लाख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा एनसीसी बैंकको चार करोड १६ लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here