गोरखामा स्वास्थ्य बिमाको पहुँच साढे १६ प्रतिशत जनतामा मात्रै

काठमाडौं, ७ माघ । स्वास्थ्य बिमा सुरु भएको साढे दुई वर्ष बितिसक्दा पनि गोरखामा साढे १६ प्रतिशत जनतामा मात्रै स्वासथ्य बिमाको पहुँच पुगेको छ ।

स्वास्थ्य बिमा बोर्डको गोरखा स्थित कार्यलयले सार्वजनिक गरेको तथ्यांक अनुसार वि.सं. २०७४ सालको असार महिनादेखि हालसम्म १६.५५ प्रतिशत जनताले मात्रै स्वास्थ्य बिमा गरेमा छन् ।

कार्यलयका अनुसार गोरखाको कुल जनसंख्या २ लाख ६४ हजार मध्ये ४३ हजार ६ सय ६६ जनाले स्वास्थ्य बिमा गरेका छन् । जसमा स्वास्थ्य बिमा गर्ने महिलाको संख्या २३ हजार २९ रहेको छ भने पुरुषको संख्या २० हजार ६ सय ३७ रहेको छ ।

कार्यलयको तथ्यांक अनुसार हालसम्म सबैभन्दा धेरै गोरखा नगरपालिका मानिसहरुले स्वास्थ्य बिमा गराएका छन् । नगरपालिकामा ९ हजार ९ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

यसका साथै पालुङटार नगरपालिकामा ८ हजार ५ सय ८९ जना, सिरानचोक गाउँपालिकामा ५ हजार ७ जना, आरुघाट गाउँपालिकामा ४ हजार ९ सय ९६ जनामा, अजिरकोट गाउँपालिकामा १ हजार १ सय ३७ जना, भिमसेन गाउँपालिकामा ३ हजार ७ सय ९६, सहिद लखन गाउँपालिकामा ३ हजार २ सय ६ जनामा रहेको छ भने अन्य गाउँपालिकामा पनि स्वास्थ्य बिमाको पहुँच धेरै थोरै पुगेको कार्यलयको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here