एनआईसी एशियाको नाफा २ अर्ब नाघ्यो, अधिकांश परिसूचक उत्साहजनक

काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।

सार्वजनिक विवरण अनुसार बैंकको नाफा २ अर्ब नाघेको छ। विवरण अनुसार बैंकका अधिकांश परिसूचकहरु उत्साहजनक रहेको बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ९० करोड संचालन मुनाफामा कमाएको हो ।

बैंकले गत बर्ष सोहि अवधिको तुलनामा बैंकको संचालन मुनाफा ३६ प्रतिशत अर्थात् ७७ करोडले बढेको हो ।

त्यसै गरी बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३३ प्रतिशत अर्थात् ५० करोडले बढेको हो । गत बर्ष सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड रहेको थियो ।

बैंकले यो अवधीमा एक खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ र सिडी रेसियो ७८.१८ प्रतिशत कायम गराएको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ गरेको देखिन्छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि भई ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि भई २५.१७ प्रतिशत पुगेको छ । बैंकले ३१३ शाखा, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here