किन रोकियो सिन्धु विकास बैंकको साधारण सभा ?

काठमाडौं, ७ माघ । सिन्धु विकास बैंकको साधारण सभा स्थागित भएको छ। बैंकले पुस २९ गते गर्नै भनेको साधारण सभा स्थगित गरेको हो ।

सिन्धुपाल्चोकको बाह्रविसेमा आयोजित सभामा कानूनले तोकेको गणपूरक संख्या नपुगेकोले कम्पनीको संचालक समितिले सभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकको कुल बाँडफाड भएको शेयरको ५० प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी साधारणसभामा शेयरधनी उपस्थित हुनु पर्नेमा सो उपस्थिति नभएपछि सभा स्थगित गर्नु परेको बैंकले जनाएको छ । यस संगै बैंकको संचालक समितिको बैठकले साधारणसभाको लागि अर्को मिति घोषणा गर्ने छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ११.५१ प्रतिशत बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने कार्यसुची थियो ।

अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर र एक्वीजिशन गर्ने कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभाले पारित गर्ने कम्पनीको तयारी रहेको थियो । एक पक्षले भने व्यवस्थापनको कमजोरीका कारण साधारण सभा रोकिएको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here