भारत, बंगलादेश र माल्दिभ्सका नागरिकलाई भ्रमणमा कडाई गर्दै भुटान

काठमाडौं, ८ माघ । भुटानले भारतसहित तीन दक्षिण एसियाली मुुलुकका नागरिकलाई आफ्नो मुलुक भ्रमणमा कडाई गर्ने भएको छ ।

भुटानले भारत, बंगलादेश र माल्दिभ्सका नागरिकलाई भुटान प्रवेशमा कडाई गर्ने भएको छ ।

भुटानले महंगा र खर्चालु पर्यटक मात्र भित्राउने नीति लिएको छ । सोही अनुसार पर्यटकमाथि भुटानले महंगो भिसा शुल्क तथा अन्य चार्ज लगाउँछ । यसअघि यी तीन मुलुकका पर्यटकलाई भने सस्तो मूल्यमा भुटान छिर्न सक्ने सुविधा थियो ।

अब भुटान यो प्रावधानमा परिवर्तन ल्याउने योजनामा रहेको छ । ‘सस्टेनेबल डेभलपमेन्ट फी’का रुपमा भुटानले पर्यटकबाट करीव साढे ७ हजार रुपैयाँ असु्ल गर्छ ।

यसबाहेक भिसा शुल्कबापत करीव ५ हजार रुपैयाँ समेत लिन्छ । यसअघि यी तीन मुलुकके सहुलियत पाउँदै आएका थिए । अब तीन वटै मुलुकका पर्यटकलाई समेत यी शूल्क अनिवार्य हुने भएको छ ।

यसबाट भुटान भारतीयहरुका लागि महंगो गन्तब्य बन्न सक्छ । यसबाट नेपालले भने फाइदा लिन सक्छ । किनकी भुटानको तुलनामा भारत निकै सस्तो गन्तब्य बन्न सक्छ ।

किनकी नेपालमा भारतीयका लागि भिसा लगाउनु पर्दैन । अब भुटान घुम्न प्रतिभारतीयले कम्तिमा २५ हजारभन्दा माथिको मूल्य तिर्नुपर्ने भएको छ । यसको तुलनामा नेपाल निकै कम मूल्यमा घुम्न सकिने मुलुक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here