बाहिरियो पश्चिमी न्यून चापीय प्रणाली, देशभरकै मौसम सफा

काठमाडौं, ८ माघ । वर्षा तथा हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएको छ।

मौसम पुर्वानुमान महाशाखाले जनाए अनुसार मंगलबार राति न्यून चापीय प्रणाली बाहिरिएसँगै बुधबारदेखि देशभरिकै मौसम सफा हुनेछ ।

मौसमविदको अनुसार अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना रहेको छैन । तर तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्दै जानेछ ।

बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः देशको पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रही केही स्थानमा आंशिक बदली रहनेछ ।

रातीः देशभर मौसम सामान्यतया सफा रही केही स्थानमा आंशिक बदली रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here