दामनमा ८ भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन

काठमाडौं, ८ माघ । सरकारले दामनमा ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न समिति गठन गरेको छ ।

मंगलबार दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा सुतेका उनीहरुको कोठामा निसास्सिएर ज्यान गएको हो । उनीहरुको एउटै कोठामा ज्यान गएको हो ।

राती हिटर बालेर सुतेका उनीहरु ब्युझिएनन् । यस घटनामा रिसोर्टको तर्फबाट के कस्तो कमजोरी भएको हो या होइन ?,

रिसोर्टमा मापदण्ड पुगेको वा नपुगेको, सुरक्षात्मक प्रवन्ध भए या नभएको ? व्यवस्थापकीय कमजोरी भएको वा अन्य के कारणले यो घटना भएको हो भन्नेबारे छानविन गर्न सरकारले समिति गठन गरेको बताएको छ ।

पर्यटन विभागका अनुसार विभागको होटेल शाखाका निर्देशकको संयोजकत्वमा छानविन समिति गठन भएको छ ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, प्रहरी, होटेल संघ नेपालका प्रतिनिधि रहने छन् । विभागका होटेल शाखाका अधिकृतलाई सदस्यसचिव तोकिएको छ । समितिले आगामी दिनमा यस्ता दूर्घटना नदोहोरिन के गर्नुपर्छ भन्ने बारे पनि सिफारिस गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here