२०६५ पछिका ११ र १२ परीक्षार्थीको लागि अन्तिम मौका परीक्षा

काठमाडौं, ८ माघ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ मा विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ ।

बोर्डले सम्बन्धनप्राप्त माध्यामिक विद्यालय क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनको लागि सहभागि भएर पनि विशेष कारणले परीक्षा छुटे वा उतिर्ण हुन हुन नसकेकाको लागि अन्तिम पटक मौका परीक्षाको फारम खुलाएको हो ।

एक साता अघिमात्र सत्तारूढ नेकपा निकट अनेरास्ववियूले कक्षा ११ र १२ को पुरानो कोर्सको लागि एकपटक मौका परीक्षाको फारम खुलाउन माग गरेको थियो । ।

सम्बन्धनप्राप्त माध्यामिक विद्यालय क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययन गरी ०७७ वैशाख महिनामा सञ्चालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित , ग्रेडवृद्धि (c वा सो भन्दा तलको ग्रेड प्राप्त गरेका विषयमा ग्रडवृद्धि परीक्षा दिन चाहने परीक्षार्थीको लागि) को लागि सहभागि हुन आग्रह गरिएको छ ।

त्यस्तै आंशिंकतर्फ रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७० वा सो भन्दा बढी भएका (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७० र ७१ भएका परीक्षार्थीहरुलाई अन्तिम एक पटक) परीक्षार्थीहरुलाई फारम भर्ने मौका दिईएको बोर्डले माघ ७ गतेको निर्णय अनुसार ६५ देखि ७१ सम्मको लागि परिक्षामा सहभागि हुन मौका दिईएको जारी सूचनामा जनाईएको छ ।

परीक्षार्थीहरुलाई २०७६ साल पुस १५ देखि ०७६ साल माघ १५ सम्म र सो समयभित्र परीक्षा आवेदन फाराम भर्न आग्रह गरिएको छ ।

छुट भएका परीक्षार्थीहरुले माघ २४ गतेसम्म विलम्ब शुल्कसहित राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी माघ मसान्तभित्र बुझाउन हुन यो सूचना प्रकाशित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here