प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ माघ । मंगलवार बढेको सुनको मूल्य बुधवार पुन घटेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो ।

मंगलवार प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्यमा पनि प्रतितोला ५०० रुपैयाँले नै घट्यो । मंगलवार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ५०० रुपैयाँ घट्दै प्रतितोला ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्य पनि घटयो । मंगलवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार १५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here