राजविराज उडान थाल्दै बुद्ध, आकर्षक डिस्काउण्टमा मोबाईल एपबाटै टिकट

फाइलफोटो

काठमाडौं, ८ माघ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं-राजविराजमा उडान गर्ने भएको छ । बुद्धले प्रदेश २ को अर्को महत्त्वपूर्ण सहर राजविराजमा आउने माघ १८ गतेदेखि दैनिक उडान गर्न लागेको हो ।

कम्पनीको जहाजले काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० मा उडान गर्नेछ । उडान अवधि झन्डै ३५ मिनेटको हुने कम्पनीको दाबी छ ।

यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने बुद्ध एअरले दाबी गरेको छ ।

दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरको विश्वास छ । पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुने कम्पनीद्धारा जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण सहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोसीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।

राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगन्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ ।

बुद्ध एयरको वेवसाईट र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउण्ट समेत पाईनेछ । बुद्ध एयर नेपालको निजि विमानसेवा कम्पनी मध्य सबैभन्दा लामो समय नेपाली आकासमा उडान भर्ने नेपाली बिमान कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here