दुई अर्बको कारोबार प्रतिवद्धता सहित ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ सकियो

काठमाडौं, ८ माघ । दुई अर्बको कारोबार प्रतिवद्धता सहित निर्माण व्यवसायीहरुको पहिलो अन्तराष्ट्रिय एक्स्पो ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ सम्पन्न भएको छ ।

बुधवार निर्माण व्यवसायीको कार्यलयमा भएको पत्रकार सम्मेलनमा एस्पो सम्पन्न भएको जानकारी महासंघका अध्यक्ष रवि सिंहले दिए ।

एक्स्पो महासंघका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डिया को संयुक्त आयोजनामा गत माघ ३ देखि ५ गतेसम्म भक्तपुरको सल्लाघारी मैदानमा सञ्चालन भएको थियो ।

सातवटै प्रदेश महासंघ, ७७ जिल्ला संघहरु, एसोसिएट सदस्यहरु र वस्तुगत संघहरु गरी कुल १५ सय भन्दा धेरै प्रतिनिधीहरुको एक्स्पोमा सहभागिता रहेको महासंघका अध्यक्ष सिंह बताए ।

एक्स्पोको उद्घाटन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरेका थिए । ३ दिनसम्म चलेको मेलामा निर्माण उद्योग र प्रविधिसंग सम्बन्धीत १ सय ६० भन्दा धेरै प्रदर्शनी कक्षहरु रहेको थियो ।

तीन दिनेको एक्स्पोको अवलोकन करीब ५ हजार मानिसहरुले गरेको र २ अर्ब भन्दा बढीको कारोबार प्रतिवद्धता भएको पनि महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here