नेपाली बजारमा भित्रियो रेनो ट्राइबर, के-के छ विशेषता ?

काठमाडौं, ९ माघ । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ ।

बि—सेगमेन्टका गाडी खरिद गर्न चाहने ग्राहकरुको लागि कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो ।

के-के छ विशेषता ?

रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधा सम्पन्न सवारी साधन हाे । रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् ।

स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधा सम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ ३० भन्दा बढि उत्कृष्ट विशेषताहरू जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्कीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ ।

रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन पनि छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरी कुल मेन्टेनन्शको खर्च कम गर्ने कम्पनीको दाबी छ ।

कति छ मूल्य ?
कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख २० हजार रूपैयाँ ताेकिएकाे छ । रेनो ट्राइबरले बि-सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्दछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here