हिमालय एयरलाइन्सले सुरु गर्‍यो छोङछिङ उडान, चीनको गन्तव्य पाँच पुग्यो

काठमाडौं, ९ माघ । हिमालय एयरलाइन्सले काठमाडौं–छोङछिङ उडान सुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसर पारी कम्पनीले बिहीबारदेखि काठमाडौंबाट चीनको छोङछिङ उडान सुरु गरेको हो ।

विहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचीव केदारबहादुर अधिकारीले संयुक्त रुपमा उडान शुभारम्भ गरे ।

यो सँगै एयरलाइन्सको चीनको उडान गन्तव्य पाँच पुगेको छ । यसअघि हिमालयले बेइजिङ, छाङ्सा, सेन्जेन, छोयाङ उडान भर्दै आएको छ । हिमालय एयरलाइन्स नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here