जर्मनमा प्रयोगविहिन रहेको दूतावासको घर बिक्रीका लागि सरकारको स्वीकृति

काठमाडौं, ९ माघ । सरकारले युरोपियन मुलुक जर्मनीको बोन शहरमा रहेको नेपाल सरकारको स्वामित्वको दुतावासको पुरानो भवन बिक्रीका लागि स्वीकृति दिएको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले नेपालको सो भवनको मूल्य निर्धारण गरी बोल कबोलमा मोल बढाबढमा बिक्री गर्न जर्मनीको बर्लिनमा सरेको नेपाली दूतावासलाई स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

जर्मनीको बोनमा नेपाली राजदूतावासको भवन विगत १९ वर्षदेखि प्रयोगबिहीन अवस्थामा रहेको भन्दै सरकारले सो घर यस अघि नै विक्री गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकार स्वामित्वका २ वटा घर र सो घरले चर्चेको २८ सय ४६ वर्गमिटर जग्गा प्रयोगविहीन रहँदै आएको थियो ।

पहिले विभाजित पश्चिमी जर्मनीको राजधानी बोन हुँदा त्यहाँ नेपाली दूतावासका लागि भवन बनाइएको थियो। पछि जर्मनीको एकीकरण हुँदा राजधानी बर्लिन सारियो। त्यसपछि हाल बर्लिनमा नेपाली दूतावास भाडाको घरमा संचालित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here