नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित,गण्डकीमा दुवै नेकपा

काठमाडौं, ९ माघ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सुर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । श्रेष्ठ ३ हजार ४६२ मतभारसहित विजयी भए ।

निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका रेग्मीले २ हजार २४४ मत ल्याए । श्रेष्ठले प्रतिद्वन्द्वी रेग्मीलाई १२१८ मतभारको अन्तरले पराजित गरेका हुन् ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । न्यौपानेले १ हजार २० मतभारले काङ्ग्रेसकी विमला गौचनलाई पराजित गरिन् । न्यौपानेले ३ हजार ३६६ मतभार ल्याउँदा गौचनले २ हजार ३४० मतभार ल्याइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here